बास्तोला मृत्यु प्रकरणमा विवादित बनेका प्रहरी निरीक्षक पोखरेलको सरुवा

उर्लाबारी-५ का प्रवीण बास्तोला मृत्यु प्रकरणमा विवादित बनेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले ३ सय ६६ जना प्रहरी निरीक्षकको सरुवा गर्दा पोखरेललाई उर्लाबारीबाट जिल्ला प्रहरी कार्यालय ओखलढुंगा पठाएको हो। 

बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै गत महिना बास्तोलाका आफन्तले प्रनि पोखरेललाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो। छानविन समितिले पनि अनुसन्धानको मिसिलमा अर्कै व्यक्तिको फोटो राखेको पाइएको प्रतिवेदन पेश गरेको थियो। 

त्यसपछि अनुसन्धानका लागि प्रहरी निरीक्षक पोखरेल जिल्ला प्रहरी कार्यालय तानेर जिल्लामा कार्यरत प्रनि कुन्दन देवलाई उर्लाबारी पठाइएको थियो। देवको पनि संघीय प्रहरी इकाई कार्यालय जनकपुर सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले अब इप्रका उर्लाबारीको बागडोर सम्हाल्न प्रहरी निरीक्षक राजाराम खड्कालाई खटाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरमा कार्यरत प्रनि खड्का उर्लाबारी आउने भएका छन् ।

प्रकाशित मिति: : 2021-04-10 18:59:00

प्रतिकृया दिनुहोस्

    He is good officer

    • 3 बर्ष अगाडि
    • Umesh kc