देउवाको दाउ : जसपाले नमाने ओली जिन्दावाद !

सत्ता समीकरणमा पुग्ला त भ्यागुताको धार्नी ?

रातोपाटी

काठमाडौं

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको एक सातापछि आज दिउँसो देउवा निवासमा सत्ता समीकरणबारे छलफल हुँदैछ।

कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी र जनता समाजवादी (जसपा) का नेताहरुलाई आफ्नै निवासमा बोलाएर छलफल गर्न लागेका हुन्।

आजको वार्तामा काँग्रेस, माओवादी र जसपाका शीर्ष नेताहरुको टीम सहभागी हुने बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवामाथि लाग्दै आएको आरोप के हो भने उनी प्रतिनिधिसभाको निरन्तरता भन्दा पनि चुनाव चाहन्छन्। गत पुस ५ मा केपी ओलीले संसद विघटना गरेका बेलामा पनि देउवाले चुनावमा जाने चाहना राखेका थिए।

प्रकाशित मिति: : 2021-04-09 11:15:00

प्रतिकृया दिनुहोस्