बलिउड अभिनेत्रीहरु पछिल्लो समय फुर्सद मनाउन माल्दिभ्स पुगिरहेका छन्।
केहिदिन देखि अभिनेत्री श्रद्धा कपूर र फोटोग्राफर रोहन श्रेष्ठपनि डेटको लागि माल्दिभ्स पुगेका थिए।
यहिबीच अभिनेत्री जान्हवी कपूरपनि फुर्सद मनाउन माल्दिभ्स पुगेकी छन्।
लस एन्जलसमा नयाँ चलचित्रको शुटिङ सकाएर उनी फुर्सद मनाउन माल्दिभ्स पुगेकी हुन्। उनी आफ्नो बहिनीलाई साथमा लिएर त्यहाँ पुगेकी हुन्।
उनले सार्वजनिक गरेका फोटोहरुलाई हेर्दा अनुमान लगाउन सकिन्छ कि उनी कुनै समुद्र छेउको होटलमा बसिरहेकी छन्। उनले स्वीमिङ पुलमा खिचेका तस्वीरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेकी छन्।