दक्षिण भारतीय चलचित्रमा पछिल्लो समयका व्यस्त अभिनेता हुन्,विजय देवेराकोन्डा।
'अर्जुन रेड्डी', 'गीता गोविन्दा', 'डियर कमरेड' जस्ता चलचित्रबाट चर्चामा आएका विजय यतिबेला नयाँ चलचित्र 'लिगर'को छायांकनमा जुटेका छन्।
चलचित्रमा उनी एक बक्सरको रुपमा देखिदैँछन्। चलचित्रको लागि विजयले थाईल्यान्डबाट मार्शल आर्टको तालिमसमेत लिईसकेका छन्।
चलचित्रमा अनन्या पाण्डे, रम्या कृष्णन, रोनित रोय र मकरान्ड देशपांडेपनि मुख्य भुमिकामा देखिदैँछन्। विजयको नयाँ चलचित्र हेर्न दर्शकहरुपनि उत्साहित रहेको पाइन्छ।
उनको नयाँ चलचित्रलाई बहुप्रतिक्षित चलचित्रपनि मानिएको छ। यसकारण कि,चलचित्रमा हलिउड स्टन्ट निर्देशक एन्डी लांगपनि सहभागी छन्।
एन्डीले निर्देशन गरेका 'रोबिन हूड', 'पुलिस स्टोरीः लकडाउन', 'हर्जलोस', 'ड्र्यागन ब्लेड', 'कमाण्डो' लगायतका हलिउड चलचित्रहरु सुपरहिट छन्।