इरानकाे नजिक रहेको मिसाइल सिस्टमलाई हटाउन राष्ट्रपति जो बाइडेनको आदेश 

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Deadline.com
Photo : Deadline.com

अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको नजिक रहेको फारसको खाडी (पर्सियन गल्फ)मा तैनाथ पैट्रियट एन्टी मिसाइल सिस्टमलाई हटाउन आदेश दिएका छन्। 

राष्ट्रपतिमा निर्वाचित हुनुभन्दा पहिलेदेखि नै जो बाइडेन इरानप्रति नरम मानिन्थे। उनले उक्त क्षेत्रमा रहेका अमेरिकी सेनाको संख्या घटाउनपनि आदेश दिएका छन्।

इरानकोविरुद्ध तैनाथ सेनाहरुलाई अन्य स्थानमा स्थानान्तर गरिने बताईएको छ। 'द वाल स्ट्रीट जर्नल'को रिपोर्ट अनुसार पेन्टागन (रक्षा मन्त्रालय)ले तीन पैट्रियट सिस्टम आफ्नो क्षेत्र भन्दा बाहिर पठाएको छ। जस मध्ये एउटालाई  सऊदी अरबको प्रिन्स सुल्तान एयरबेसमा राखिएको छ। त्यस्तै खाडी राष्ट्रहरुमा राखिएको एक एयरक्राफ्ट कैरियर, सर्विलांस सिस्टम र ठुलो मात्रमा रहेका सैनिकहरुलाई हतियार समेत अर्को स्थानमा पठाईएको छ।

अमेरिकासँग रहेको पैट्रियट क्षेप्यास्त्र सबैभन्दा उत्कृष्ट रक्षात्मक मिसाइल मानिन्छ। जुनसुकै मौसममापनि चलाउन मिल्ने यो मिसाइलले बेलेस्टिक र क्रुज मिसाइललाई सेकेण्ड मै ध्वस्त बनाउन सक्छ। 

प्रकाशित मिति: : 2021-04-05 10:50:00

प्रतिकृया दिनुहोस्