तानातानमा ठाकुर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन्।

सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली कांग्रेसले जसपालाई आआफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन्।

माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ। यसैक्रममा आइतबार ठाकुरसँग नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन्।

पौडेल ठाकुरलाई भेट्न आइतबार बिहान उनको निवास सानोठिमी पुगेका थिए। नयाँ सरकार निर्माणमा नेपाली कांग्रेस र जसपा एक ठाउँमा उभिनुपर्ने कुरा भेटमा पौडलले बताएका थिए।

पौडेलले कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा मागेको र उनलाई जतिसक्दो चाँडो हटाउनुपर्ने बताएका थिए।

प्रकाशित मिति: : 2021-04-05 09:30:00

प्रतिकृया दिनुहोस्