दोस्रो खोप लगाएका अर्जेन्टिनी राष्ट्रपति कोरोना संक्रमित

बिएल संवाददाता

ब्युनोज आयर्स
फाइल तस्वीर
फाइल तस्वीर

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज कोरोना संक्रमित भएका छन्।

कोरोनाको दोस्रो खोप लगाइसकेका दक्षिण अमेरिकी राष्ट्रका राष्ट्रपतिले सोसल मिडियामार्फत यसको जानकारी दिएका हुन्।

उनले आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि परीक्षण गराएको र कोभिड–१९ पोजेटिभ देखिएको बताए।

शुक्रबार मात्र ६२ वर्ष टेकेका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको बताए।

राष्ट्रपति फर्नान्डेजले रुसी खोप स्पुतनिक–भी लगाएका थिए।

उनले दोस्रो डोज ११ फेब्रुअरीमा लगाएको राष्ट्रपति कार्यालय स्रोतले एएफपीलाई बताएको छ।

अर्जेन्टिनामा हाल कोभिड–१९ को दोस्रो लहर चलेको छ। अर्जेन्टिनामा कोभिडबाट २३ लाख मानिस संक्रमित भएका छन् भने ५५ हजार बढी व्यक्तिको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2021-04-04 15:52:00

प्रतिकृया दिनुहोस्