अमेरिकामा एक महिनाभित्रै ९ लाख भन्दा बढिलाई रोजगार

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Getty image
Photo : Getty image

अमेरिकी श्रम विभागका अनुसार मार्च महिनामा मात्र नौ लाख १६ हजार नयाँ रोजगारी प्राप्त भएको छ।

जसले गर्दा बेरोजगारीको दर ६ प्रतिशतले कम भएको पाईएको छ। श्रम विभागको ब्यूरो अफ लेबर स्टैटिस्टिक्स (बीएलएस) द्वारा शुक्रबार जारी रिपोर्ट अनुसार अवकाश र आतिथ्य, सार्वजनिक र निजी शिक्षा र निर्माणको क्षेत्रमा भएको लाभको कारण यो महिना नयाँ रोजगारीमा व्यापक वृद्धि भएको हो।

राष्ट्रपति जो बाइडेनले शुक्रबार नै काँग्रेसमा २ ट्रिलिएन डलरको आधारभूत योजनाको बारेमा बहस गर्न अनुरोध गरेका थिए। उक्त योजनाको कारण लाखौको संख्यामा मोटो रकम तलब दिने 'ब्ल्यु कलर जब'को सिर्जना हुने बताईएको छ।

बीएलएस रिपोर्टका अनुसार कोरोनाको कारण गत बर्ष रोजगार गुमाउनेहरुको संख्या कम्तिमा ३० लाख छ। त्यस्त अस्थायी रुपमा रोजगार गुमाउनेहरु करिब २ करोड २० लाख ब्यक्तिहरु छन्। यहाँको अस्थायी रुपमा भन्नाले हफ्ताको चालिस घण्टाबाट घटाएर भएको रोजगारी हो। हाल यस्ता अस्थायी रुपले रोजगारी गुमाउनेहरु मध्य करिब ८५ प्रतिशतले रोजगार प्राप्त गरिसकेका छन्।

स्वतन्त्र अनुसन्धान संस्था पीटरसन इंस्टीट्यूट फर  इन्टरनेसनल इकोनोमिक्सको ग्लोबल इकोनोमिक्स प्रोस्पेक्ट्सका अनुसार अमेरिकी बेरोजगारीको दरमा यो बर्षको अन्तसम्ममा पाँच प्रतिशत र अर्को बर्ष सन् २०२२ को अन्तमा ४.४ प्रतिशत कमि आउने सम्भावना छ। 

प्रकाशित मिति: : 2021-04-04 06:23:00

प्रतिकृया दिनुहोस्