चुनाव जितेर शक्तिशाली प्रधानमन्त्री बन्ने यस्तो छ देउवाको रोडम्याप

नेपाल खबर

काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अनुरोध गरे पनि उनी उत्साहित छैनन्।

आफ्नै पार्टीबाट नयाँ समीकरण बनाएर सत्तामा जानुपर्ने प्रस्ताव आउँदा समेत देउवाले रुचि देखाएका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पटकपटक तयारी भए। तर प्रमुख प्रतिपक्षी दलका नेता तथा वैकल्पिक प्रधानमन्त्रीका मुख्य दाबेदार देउवा नै अघि सरेनन्।

त्यसैकारण ओलीलाई सरकारबाट हटाएर नयाँ सरकार बनाउने प्रक्रिया अघि बढ्न सकेको छैन। जसका कारण धेरैले देउवाको आलोचना गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-04-03 13:21:00

प्रतिकृया दिनुहोस्