अमेरिकी राष्ट्रपति जो बाइडेनकि पत्नीले जहाजका यात्रुलाई मुर्ख बनाएपछि...

बिएल संवाददाता

वासिङ्टन डीसी

प्रथम महिला तथा राष्ट्रपति जो बाइडेनकि पत्नी जिल बाइडेनले आफुसँग जहाजमा चढिरहेका यात्रुलाई मुर्ख बनाएकी छन्।

उनले क्यालिफोर्नियाबाट वासिंगटन फर्किरहेका पत्रकार र सुरक्षाकर्मीहरुलाई मुर्ख बनाएकी हुन्।

उडिरहेको प्लेन भित्र छातीमा 'ज्यास्मिन' नामको प्लेट लगाएकी एक फ्लाइट अटेण्डेण्ट आएर सबैलाई आइस क्रिम दिइन्।  कालो रङ्गको लुगा र कालै मास्क लगाएको कारण उनलाई कसैले चिन्न सकेन।

केही समयपछि सबैलाई थाहा भयो कि- उनी प्रथम महिला भएको कुरा। उनले सबैलाई 'अप्रिल फुल' बनाइन्।

सन् १९९८ मा प्रकाशित उनको पुस्तक 'व्येहर द लाइट एण्टर्स'मा उनले आफुलाई हाँसो ठट्टा गर्न मन लाग्ने उल्लेख गरेकी छन्।  

पति राष्ट्रपति हुँदापनि कहिलेकाहीँ सहकर्मीसँग  ठट्टा गर्ने गरेकी उनलाई सबैले मन पराउने उनका सुरक्षाकर्मीहरुले बताएका छन्।

उनको पुरा नाम जिल ट्रेसी जैकब्स हो। तर सन् १९७७ मा जो बाइडेनसँग विवाह भएपछि उनको नाम जिल बाइडेन भएको हो। राष्ट्रपति बाइडेनको उनीसँग दोश्रो विवाह हो। 

प्रकाशित मिति: : 2021-04-02 18:55:00

प्रतिकृया दिनुहोस्