८ महिनामा प्रतिव्यक्ति ५ हजार रुपैयाँ ऋण थपियो

अनलाइनखबर

काठमाडौं

चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा  प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थपिएको छ।

सरकारले चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुनसम्म) को अवधिमा कुल १ खर्ब ९२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सार्वजनिक ऋणको सावाँ र व्याज भुक्तानीमा ३८ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ।

यसआधारमा हेर्दा चालु आवको पहिलो ८ महिनामा खुद सार्वजनिक ऋण थप १ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ भएको छ।

यो ऋणलाई प्रत्येक नेपालीको टाउकोमा भाग लगाउँदा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थप भएको हो। नेपालको जनसंख्या ३ करोड मान्दा यसअवधिमा प्रत्येक नेपालीको टाउकोमा उक्त परिमाण बराबरको ऋण थप भएको हो।

वर्तमान सरकार आएसँगै आर्थिक स्रोतको महत्वपूर्ण माध्यमका रुपमा सार्वजनिक ऋण परिचालन भएको देखिएको छ।

प्रकाशित मिति: : 2021-04-02 17:50:00

प्रतिकृया दिनुहोस्