योगलाई फुकुवा गर्ने सम्बन्धको विधयकमाथि छलफल स्थगित 

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको अलबामा राज्यमा दशक देखी रोक लगाइएको योगलाई फुकुवा गर्ने सम्बन्धमा पेश गर्न लागिएको विधयकलाई कट्टरपन्थीहरुको विरोधको कारण स्थगित गरिएको छ।

सार्वजनिक स्थानमा योग अभ्यास गरेमा हिन्दु धर्मको प्रचार हुने र धर्म परिवर्तन हुन सक्ने भन्दै विधयक स्थगित गरिएको जनाईएको छ।

राज्यका डेमोक्र्याटिक सिनेटर जेरेमी ग्रेले सरकारी स्कुलहरुमा योग अभ्यास सुरु गर्ने सम्बन्धमा एक विधयक पेश गरेका थिए। कन्जरभेटिभ सदस्यहरुको विरोधको कारण विधयक माथिको छलफल स्थगित गरिएको छ।

सिनेटर ग्रेले भने योगले हिन्दु हुने कुरा झुटो भएको बताएका छन्।  उनले भनेका छन्, म विगत दश बर्षदेखी योग गर्छु तर मैले धर्म परिवर्तन गरेको छैन। 
 

प्रकाशित मिति: : 2021-04-02 08:17:00

प्रतिकृया दिनुहोस्