अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी बुहारीलाई फेसबुकले दियो चेतावनी

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo: theverge.com
Photo: theverge.com

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले छोरा एरिक फ्रेडरिक ट्रम्पकि श्रीमती तथा बुहारी लाराको पेजमा शेयर गरको एक अन्तर्वार्तालाई फेसबुक ले हटाएको छ।

ट्रम्पले चोर बाटोबाट फेसबुकमा छिर्न खोजेको भन्दै फेसबुकले अन्तर्वार्ता हटाएको हो। लाराको फेसबुक पेजमा ट्रम्पको एक अन्तर्वार्ता पोस्ट गरेपछि फेसबुकले उक्त अन्तर्वार्तालाई हटाएर लारालाई पुनः त्यस्तो कार्य नगर्न चेतावनीसमेत दिएको छ।

फेसबुकद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'ट्रम्प जस्ता प्रतिबन्धित व्यक्तिहरुको पोस्ट कसैलै प्रोफाइल वा पेजमा राखेमा सम्बन्धित व्यक्तिलाईपनि  निलम्वन गरिने छ।'

लाराले फेसबुकले दिएको चेतावनीको 'स्क्रिन सट' पत्रकारहरुलाई देखाएकी थिइन्।

गत जनवरी ६ मा 'क्यापिटल हिल'मा भएको हिंसात्मक घटनापछि प्रमुख जिम्मेवार भएको भन्दै फेसबुक लगायतका सामाजिक सन्जालहरुले  पूर्व राष्ट्रपति ट्र्म्पलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएका छन्। 

प्रकाशित मिति: : 2021-04-01 20:30:00

प्रतिकृया दिनुहोस्