बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको चर्चा दिनानुदिन बढ्दो छ। उनी व्यस्त अभिनेत्रीको सुची अगाडी पर्छिन।
ज्याकलिनलाई चलचित्रमा भ्याई नभ्याई छ। पछिल्लो समय मात्रै उनी ५ वटा चलचित्रमा अनुबन्धित भएकी छन्।
गत सातासम्म चलचित्र 'बच्चन पान्डे'को सुटिङमा व्यस्त थिइन्। यतिबेला उनी 'राम सेतु'को छायांकनमा छिन्।
यसपछि फेरी उनी 'बोल बच्चन'को छायांकनमा व्यस्त बन्दैछिन्। त्यस्तै उनी 'किक २'मा पनि अनुबन्धित भईसकेकी छन्।
उनी 'भूत पुसिल'मा पनि काम गर्दैछिन्।