भारतमा भेटिएका बेपत्ता ७ किशोरीलाई नेपाल ल्याईयो, प्रहरी भन्छ- 'गिरोहको हात हुनसक्छ'

विजय साह

महोत्तरी

महोत्तरीको धर्मपुर टोलबाट मगंलबार बेपत्ता भएका सात जना किशोरीलाई भारतको सीतामढीमा नेपाल फिर्ता ल्याईएको छ।

उनीहरुलाई बुधबार राती नेपाल ल्याईएको हो। भारतको बिहार प्रहरीले उनीहरुलाई सीतामढीस्थित रेल्वे स्टेशनबाट नियन्त्रणमा लिएको थियो।  

भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलका सात जना किशोरी मंगलबार दिउँसो करिब दुई बजे घाँस काट्न निस्केका थिए। उनीहरू घाँस काटिरहेकै स्थानबाट सम्पर्कमा विहीन बनेका थिए।

सम्पर्क बिहीन हुनेहरुमा २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रंजना पासवान र १२ वर्षीया सीमा पासवान थिए। उनीहरू सबै एउटै टोलका हुन्।

उनीहरु फेला परेपछि आफु गायिका बन्न भारत हिँडेको बयान दिएका छन्। तर नेपाली सुरक्षा अधिकारी र बेपत्ता भएका किशोरी र बालिकाहरुको परिवारले भने उनीहरु भारत जानुमा कुनै गिरोहको हात रहेको बताएका छन्। कुनै गिरोहले प्रलोभनमा पारी भारत लगेको हुनसक्ने अनुमान गरिएको छ। 

प्रदेश नं २ का प्रमुख डीआईजी चन्द्रप्रकाश गौतमले किशोरी र बालिकाहरुलाई कसैले गाइड गरेर भारत लगेको देखिएको बताएका छन्। उनले भने, ‘कसैले गाइड गरेरै उनीहरूलाई भारतसम्म पुर्याए। भीडभाड र सुरक्षा पोस्ट नरहेको बोर्डरबाट भारत छिरेको देखिन्छ।’



घाँस काट्न गएका ७ किशोरी बेपत्ता

प्रकाशित मिति: : 2021-04-01 07:35:00

प्रतिकृया दिनुहोस्