पाल्पामा ६४ वटा सामुदायिक जंगलमा आगलागी भएको छ।
आगलागी बाट ६४ वटा सामुदायिक वनको १ हजार ५ सय १० हेक्टर जमिनको घाँसपात दाउरा काठपात जलेर नष्ट भएको छ।
दिनहुँ बढ्दो गर्मीसँगै लामो सयमदेखि पानी नपरेकोले आगलागीका घटना बढ्दै गएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।
दैनिक दुईदेखि तीन सय हेक्टर जमिनमा आगलागी हुँदै आएको डिभिजन प्रमुख डा. मोहन पौडेलले बताए। आगलागीबाट क्षतिको विवरण संकलन भइरहेको डिभिजन प्रमुख पौडेलले बताए।