रोजगारी र आर्थिक प्रलोभनमा परी बेचिनेको संख्या बढ्यो

अनलाइनखबर

काठमाडौँ

कोरोना महामारीपछि बेचिने महिला, किशोरी तथा बालबालिकाको संख्या अधिक बढेको महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने संघ–संस्थाहरुले जनाएका छन्।

कोभिडले सबै क्षेत्र अस्तव्यस्त बनेको छ। महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले व्यापार-व्यवसाय चौपट बनेर धेरैको रोजगारी गुम्यो । त्यसको सोझो असर श्रम गरिखाने वर्गको दैनिकीमा पर्‍यो।

दैनिक आयस्रोत बन्द हुँदा पारिवारिक कलह, यौन हिंसा, घरेलु हिंसाजस्ता अपराधको संख्या बढ्दै गएको ती संघ–संस्थाको अध्ययनले देखाएको छ। यस्ता अपराधको परिणाम मानव बेचबिखनमा पनि देखिरहेको छ।

प्रकाशित मिति: : 2021-03-31 21:49:00

प्रतिकृया दिनुहोस्