स्वास्थ्यजन्य फोहरमैलाको व्यवस्थापनलाई प्राथमिकता दिईने

प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले हरेक अस्पतालमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन र समग्र सरसफाइलाई प्राथमिकतामा राखिने बताएकी छन्।

आज मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले सङ्घीय सरकारबाट प्राप्त कोभिड–१९ को खोप प्राथमिकताका आधारमा लगाउने कार्यकमलाई निरन्तरता दिने बताईन्।

मन्त्री राईले प्रदेश मातहतका सम्पूर्ण अस्पताललाई कम्तीमा ५० श्ययामा सत्तरोन्नति गरी दरबन्दी संरचना थप गरिने उल्लेख गर्दै शिक्षामा सरकारले गरेको लगानीअनुसारको परिणाम प्राप्त गर्न विज्ञको अध्ययन टोलीले सिफारिस गरेअनुसार गर्नुपर्ने कामको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका अधिकारमा विशेष ध्यान दिने भन्दै युवा खेलकूद, भाषा संस्कृति, श्रम तथा रोजगारका क्षेत्रमा पनि प्राथमिकता दिने बबताईन्। 

प्रकाशित मिति: : 2021-03-31 18:55:00

प्रतिकृया दिनुहोस्