डढेलो नियन्त्रण : न कुनै रणनीति, न समन्वय

अनलाइनखबर

काठमाडौं

केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ।

डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन्। तर यसको नियन्त्रणका लागि संघदेखि स्थानीय सरकारसँग न त समन्वय छ, न बजेट नै।

डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ। तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको वन तथा भूसंरक्षण विभाग राष्ट्रिय वनको व्यवस्थापनको अधिकार प्रदेश सरकारमा गएकाले स्थानीय तहका सरकारबाटै नियन्त्रणको काम हुनुपर्ने बताउँछ।

अधिकार प्रदेश सरकारमा गएकाले संघीय सरकारले डढेलो नियन्त्रणमा ठूलो बजेट नै नराखेको वन विभागका महानिर्देशक मानबहादुर खड्काले बताए।

प्रकाशित मिति: : 2021-03-31 15:17:00

प्रतिकृया दिनुहोस्