चालू आर्थिक वर्षको साउनदेखि यता कम्तीमा तीन हजार सवारी साधन कारवाहीमा परेका छन्।
पछिल्लो समय यहाँका ट्राफिक प्रहरीले सवारी साधन जाँचमा कडाइ गर्न थालेपछि ठूलो सङ्ख्यामा सावारी साधन कारवाहीमा पर्न थालेका हुन्।
पछिल्लो समय यहाँ सवारी दुर्घटना बढ्न थालेको तथा चालक अनुमतिपत्र विना सवारी साधन चलाउनेको सङ्ख्या बढ्दै गएको भन्ने गुनासा बढेपछि ट्राफिक प्रहरी सक्रिए भएको हो।
चालु आवको साउन यता साना, ठूला गरी एक दर्जन सवारी दुर्घटना भएको र त्यसमा आठ जनाले ज्यान गुमाइसकेका छन्। दुर्घटनामा परी दश जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विना मापदण्डका यहाँका गाउँघरमा काटिएका सडकमा बढी दुर्घटना हुने गरेको पाइएको छ। गाउँमा सडक पु¥याउने होडबाजीअनुसार सनकका भरमा डोजर प्रयोग हुँदा सवारी दुर्घटना हुने गरेको केआइसिंह गाउँपालिका–५ का चेतराज भट्टले जानकारी दिए।
उनका अनुसार नेताले निर्वाचनमा गाउँमा सडक पुर्याउने नागरिकसँग विगतमा गरेको बाँचाअनुसार निर्माण गरिएका सडकको स्तरोन्नति नभएका कारण दुर्घटना हुन थालेका छन्। रासस