समृद्धिको यात्रामा सुदूरपश्चिम

हिमाल खबर

सुदूरपश्चिम

सुदूरपश्चिमका बासिन्दा तथा व्यवसायी वर्षौंदेखि आर्थिक तथा सामाजिक सुधारका लागि प्रयत्नरत छन्।

नयाँ संविधानको परिकल्पना अनुसार, स्थानीय र प्रदेश सरकार गठन भएसँगै राज्यको तबरबाट पनि प्रयास हुन थालेको हो। स्थानीय र प्रदेश स्तरमा केही विकास निर्माणका कार्य भइरहेका छन् भने केही तयारीमा छन्।

उत्तरको तिंकर भञ्ज्याङदेखि तराईको दोधारा–चाँदनीसम्म थुप्रै प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू छन्। तिनको सदुपयोग अर्थात् पर्यटकीय विकास गर्न पनि विकास निर्माण जरुरी छ। पर्यटकीय तथा आर्थिक विकासको ढोका खोल्ने एउटा योजना हो, महाकाली पुल।

अहिलेसम्म भारत आवतजावत गर्ने पुल हो, शारदा ब्यारेजमाथि बनेको वनबासा पुल। तत्कालीन ब्रिटिस इन्डिया र नेपाल सरकारबीच भएको सम्झौता अनुसार, सन् १९२० मा निर्माण भएको थियो। अहिले यो पुल पुरानो भइसकेको छ भने पानीको सतह बढ्दा ठूला सवारी साधन आवतजावतमा रोक लगाइने गरेको छ।
 

प्रकाशित मिति: : 2021-03-30 08:57:00

प्रतिकृया दिनुहोस्