हेलिकप्टर दुर्घटनामा परी चेक गणतन्त्रका सबैभन्दा धनाढ्य अर्बपतिसहित पाँच जनाको मृत्यु

बिएल संवाददाता

वासिङ्टन डीसी

चेक गणतन्त्रका सबैभन्दा धनाढ्य अर्बपति ५६ बर्षिय पेट्र कैलनरसहित पाँच जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ।

अमेरिकाको अलास्का राज्यस्थित एकोरेज सहरबाट ८० किलो मिटर पूर्वी 'नाइक ग्लेशियर' क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो।

दुर्घटनामा एक जनालाई जीवितै उद्धार गरिएको छ। अलास्काको सार्वजनिक सुरक्षा विभागका अनुसार अर्बपति केलनर 'हेली स्कीङ्ग'को यात्रामा निस्केका थिए।

दुर्घटनामा हेलिकप्टर पाइलटको पनि मृत्यु भएको छ। हेलिकप्टर कम्पनीका प्रवक्ता मैरी एन प्रिटिटले दुर्घटनाप्रति दुख व्यक्त गरेकी छन्।  घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-03-30 06:47:00

प्रतिकृया दिनुहोस्