सतहमा ल्याईयो एक हप्तादेखि स्वेज नहरमा फसेको जहाज

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : BBC
Photo : BBC

एक हप्तादेखि इजिप्टको स्वेज नहरमा फसेको मालबाहक जहाजलाई सतहमा ल्याउन प्राविधिकहरु सफल भएका छन्।

जहाजको उद्दारमा संलग्न कम्पनी लेथ जहाज सतहमा ल्ययाईएको जानकारी दिएको हो।

स्वेज नहर प्राधिकरणका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा रबेईले जहाजलाई सतहमा ल्याईएपनि जहाजले कहिले देखि काम सुरु गर्छ भन्नेबारे निश्चित नभएकाे बताए। 

उनले भने, '१० बटा टम बोटको सहायताले जहाजलाई सतहमा ल्याउन सफल भएका छौ।' 

एक अध्ययनका अनुसार उक्त जहाज फसेको कारण प्रतिदिन ९ अर्ब डलर बराबरको घाटा भएको छ। फसेको जहाजलाई निकाल्न अमेरिकाको जल सेनाले ठुलो सहयोग गरेको थियो। 

प्रकाशित मिति: : 2021-03-30 06:01:00

प्रतिकृया दिनुहोस्