त्रिदेशीय फुटबलको फाइनलको पहिलो हाफमा बगंलादेशविरुद्ध नेपालले २–० गोलको अग्रता कायम गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलको पहिलो हाफमा नेपालले २–० को अग्रता कायम गरेको हो।
नेपाललाई जित दिलाउन खेलको १७ मिनेटमा सन्जोग राईले पहिलो अन्तर्राष्ट्रिय गोल गरे। त्यस्तै, खेलको ४२ औं मिनेटमा सन्जोक राईको वान टच पासमा विशाल राईले दोस्रो गोल गर्दै नेपाललाई २–को अग्रता दिलाए।
यससँगै बंलादेशलाई दबाव परेको छ।