लेनदेनको विषयमा सर्वोच्च अदालत परिसरभित्र नै अधिवक्ताबिच कुटाकुट

पहिलोपोष्ट

काठमाडाै‌ं

कमलराज भट्ट

सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ता बिच कुटाकुट भएको छ।

आज दिउँसो अदालत परिसरमा अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबिच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो। सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा दुई जना बिच कुटाकुट भएको हो।

गुप्ताले जोशीबाट पाँच वर्षअघि एक लाख रुपैयाँ लिएको र त्यही रकमको विषयमा कुटाकुट भएको खुलेको छ। अधिवक्ता जोशीले पैसा मागेपछि दुई बिच हात हालाहाल भएको थियो। जोशीको मुखमा चोट लागेको छ। अधिवक्ता जोशीले पटक पटक पैसा माग्दा पनि गुप्ताले नदिएको बताए।

प्रकाशित मिति: : 2021-03-29 14:21:00

प्रतिकृया दिनुहोस्