नेपालको श्रम बजारमा विदेशी कामदारको आकर्षण, अनिवार्य श्रम स्वीकृति लागू गराउन चुक्दै सरकार

शिलापत्र

काठमाडौं

कोरोना भाइरसको महामारीमा पनि रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको संख्या घटेको छैन।

चालु आर्थिक वर्षको आठ महिनामा रोजगारीका लागि नेपाल आउन १ हजार ३ सय जना विदेशी कामदारले श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जानकारी दिएको छ।

गत वर्षको यही अवधिमा १ हजार २ सय ५४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा उल्लेख्य गिरावट आए पनि नेपाल भित्रिने विदेशी कामदारको संख्या भने स्थिर नै रहेको विभागको तथ्यांक छ।

कोरोना महामारीमा नयाँ श्रम स्वीकृति लिनेको संख्यामा केही कमी आए पनि नवीकरण गर्नेको संख्या धेरै रहेको विभागका प्रवक्ता मणिनाथ गोपले जानकारी दिए।

नेपालमा निर्माणधीन कम्पनी र ठूला आयोजनामा काम भइरहेका कारण पनि विदेशी कामदारको संख्यामा गिरावट नआएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-03-29 11:34:00

प्रतिकृया दिनुहोस्