इङ्ल्याण्डको डिपार्टमेन्ट अफ एजुकेशनले नयाँ पाठ्यक्रमा भारतीय संगीत जगतका केही गीतहरुलाई सन्दर्भ सामाग्रीको रुपमा राखेको छ।
यसमा मलाइका अरोडा अभिनित चर्चित गीत ‘मुन्नी बदनाम हुई’ लाई समावेश गरिएको छ।
उक्त पाठ्यक्रमलाई बेलायतका १५ संगीत शिक्षा विज्ञ, शिक्षक र संगीतकारले तयार गरेका हुन्। यसलाई विद्यालयमा उच्चस्तरीय संगीत शिक्षा दिनका लागि डिजाइन गरिएको हो।
‘मुन्नी बदनाम हुई’का साथै एआर रहमानले कम्पोज गरेको ‘जय हो’, अनुष्का शंकरको ‘इन्डियन समर’ र किशोरी अमोनकरको ‘सहेली रे’ पनि पाठ्यक्रममा समावेश गरिएको छ।