एसियाली मूलका नागरिकमाथि आक्रमण गर्ने दुई व्यक्तिलाई कारबाही गरिने

सियाटल र सान फ्रान्सिस्कोमा एसियाली मूलका नागरिकमाथिको आक्रमणको घटनामा जिम्मेवार दुई व्यक्तिलाई घृणा अपराधमा कारबाही गरिने भएको छ।

लस एञ्जलस र सान फ्रान्सिस्को क्षेत्रमा एसियाली मूलका नागरिकमाथि भएको हिंसात्मक आक्रमणको बिरोधमा एक जुलुसको आयोजना भएको छ।

सामाजिक अभियन्ता टेमी किमले जुलुसमा बोल्दै मूलका नागरिकमाथि पराइ जस्तो ब्यबहार स्वीकार नहुने बताएकी छन्। 'सियाटल टाइम्स'का अनुसार वासिंगटन राज्यस्थित किङ्ग काउन्टी अदालतमा ५१ बर्षिय क्रिस्टोफर ह्यामरमाथि एसियाली मूलका महिला र बच्चाहरुलाई आक्रमण गरेको दुई घटनामा दोषी भएको आरोपमा मुद्दा दर्ता गरिएको छ।

सान फ्रान्सिस्कोमा एक चिनियाँ मूलकी बृद्धालाई मुक्का प्रहार गरेको अभियोगमा पक्राउ परेका भिक्टर हैम्बर्टो ब्राउनलाई पहिलोपटक अदालतमा पेश गरिएको छ। आफूलाई बिना कारण मुक्का प्रहार गर्ने निज ब्राउनलाई त्यी बृद्धाले चिर्पट प्रहार गरेर घाइते बनाएकी थिइन्। लगतै उनको सर्बत्र प्रसंशा भएको थियो।

न्यु योर्कको ट्रेनमा एक एसियाली मूलकी महिलाको सामानमा पिसाब गरिदिने करिब ६५ बर्षिय महिलालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन। तर उनको खोजी कार्य जारी छ।

घृणा र कुटपिटका घटना बढ्न थालेपछि उप–राष्ट्रपति कमला ह्यारिसले चिन्ता प्रकट गर्दै अमेरिकामा घृणा र हिंसाको लागि कुनै स्थान नभएको र अपराधीहरुलाई प्रचलित कानुन अनुसार कडा कारबाही गरिने बताएकी छिन्।

प्रकाशित मिति: : 2021-03-29 07:27:00

प्रतिकृया दिनुहोस्