जसपामा दुई लाइन संघर्ष : महन्थ र राजेन्द्र महतोको योजनामा उपेन्द्र र बाबुराम बाधक

रेशमलाई रिहा गर्ने प्रक्रिया सुरु, तर समय अनिश्चित

रातोपाटी

काठमाडौं

जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरु सत्ता साझेदारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ धाइरहेका छन्।

उनीहरुले रेशम चौधरीको रिहाइसहितका सर्त अघि सारेर सत्ता गठबन्धनका लागि प्रधानमन्त्री ओलीसँग छलफल गर्दै आएका छन्।

त्यसो त जसपा नेपालले प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्ने वा ओलीको विकल्पमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर नयाँ गठबन्धन बनाउने भन्ने दुवै विकल्पका लागि छलफल चलाउन सक्ने अवस्था छ।

किनकि संसदीय अंक गणितले जसपालाई यस्तो निर्णायक बिन्दुमा उभ्याएको छ कि उसले दुईमध्ये जुन गठबन्धनमा आफूलाई सामेल गर्छ, सोही गठबन्धनले सरकार गठन गर्न सक्छ।

तर, पछिल्लो समय जसपा नेपालले प्रधानमन्त्री ओलीसँगकै छलफललाई बढी महत्त्व दिएको छ। जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले पटक पटक ओलीसँग भेटवार्ता गरेका छन्।

अर्कोतिर काँग्रेस र माओवादी केन्द्रसँगको गठबन्धनका लागि जसपा नेपाल अनिच्छुक भएको हो कि भन्ने आशंका पनि उब्जन थालेको छ।

प्रकाशित मिति: : 2021-03-28 15:17:00

प्रतिकृया दिनुहोस्