अज्ञात व्यक्तिले गोली चलाउदा ७ जना घाईते

बिएल संवाददाता

वासिङ्टन डीसी
File photo
File photo

पेन्सिलभेनिया राज्यको फिलाडेल्फियास्थित गल्फ एण्ड सोशल स्पोर्ट्स बारको बाहिर एक अज्ञात व्यक्तिले शुक्रबार गोलि हान्दा ७ जना घाइते भएका छन्। घाईते मध्ये ४ जनाको अवस्थ गम्भीर छ।  

शहरको व्यस्त स्थान  मानिने डेलावेयर एवेन्यूमा अत्याधिक भिड भएको समयमा अचानक एउटा सेतो कार आएर रोकेको र गोलि चलाएर भागेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन्।

घटनास्थलबाट प्रहरीले  एउटा कार र दुई वटा पेस्तोल नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिईएको कार चोरीको हुनसक्ने बताईएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-03-28 09:19:00

प्रतिकृया दिनुहोस्