बलिउड अभिनेता अमिताभ बच्चनको एक कदमले राष्ट्रपति भवनमा वर्षौंदेखि चलिरहेको नियम परिवर्तन भएको खुलासा भएको छ।
एक अन्तर्वार्तामा अमिताभले भनेका छन्, ‘एकपटक मलाई राष्ट्रपति भवनमा डिनरका लागि आमन्त्रित गरिएको थियो। हामी खानाको टेबलमा बसेका थियौं र मेरो नजर अगाडिको प्लेटमा परेको थियो। म त्यो देखेर थोरै निराश भएँ। हामी सबैजना जुन प्लेटमा खाना खाइरहेका थियौं त्यसमा राष्ट्रिय प्रतिक अर्थात अशोक स्तम्भ बनेको थियो। यो देखेर मेरो मनमा विभिन्न प्रश्न उठे तर त्यो दिन केही बोल्न सकिनँ। मलाई खानाको प्लेटमा राष्ट्रिय प्रतिक हुनु अपमान भएको जस्तो लाग्यो।'
त्यसको केही दिनपछि एउटा कानून पारित भयो, जसमा स्पष्ट लेखियो- खानाको प्लेटमा राष्ट्रिय प्रतिक हुनुहुँदैन।