बलिउड अभिनेता सलमान खानकी भाञ्जी अलिजे अग्निहोत्रीले बलिउडमा डेब्यू गर्न लागेकी छन्।
उनले अविनाश बडजात्याको चलचित्रबाट बलिउडमा प्रवेश गर्न लागेकी हुन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार उक्त चलचित्रमा अभिनेता सनी देओलका कान्छा छोरा राजवीरपनि मुख्य भूमिकामा देखिदैछन्।