अमेरिकी राष्ट्रपति बाइडेनले पत्रकार सम्मेलनमा अफगानिस्तानका राष्ट्रपतिको नाम बिर्सिएपछि...

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाका राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेपछि पहिलो पटक आयोजना गरिएको पत्रकार सम्मेलनमा अफगानिस्तानका राष्ट्रपति अशरफ घानीको नाम बिर्सन पुगेका छन्।

अफगानिस्तानबाट अमेरिकी सेना कहिले फिर्ता हुन्छ? भन्ने प्रश्नको जवाफ दिदै राष्ट्रपति बाइडेनले 'घानी' भन्नु पर्नेमा 'कियानी' भन्न पुगेका हुन्।

कियानी पाकिस्थानका पूर्व सेना प्रमुख हुन्। उनको पुरा नाम जनरल अशरफ परवेज कियानी हो। बाइडेन उपराष्ट्रपति हुँदा कियानीसँग धेरै पटक भेट भएको कारण झुक्किएर 'घानी' भन्नु पर्नेमा 'कियानी' भन्न पुगेको बुझिएको छ।

राष्ट्रपति बाइडेनको उक्त गल्तीलाई सर्वसाधारणले ट्रोल बनाएका छन्। सामाजिक सन्जालहरुमा केहीले अशरफ घानीको नामको उच्चारण सिक्न सल्लाह दिएका छन् भने केहीले घानी र कियानीको तस्वीर राखेर दुई फरक-फरक मान्छे भएको बताएका छन्।सामाजिक सन्जालमा राष्ट्रपति बाइडेनको हाँसो गर्नेहरुमा अफगानिस्तानी प्रयोगकर्ताहरुको संख्या अत्याधिक छ।

अर्को समाचारअनुसार अमेरिकी रक्षा मन्त्री लयड जे ऑस्टिनले भारत यात्रा लगत्तै अफगानिस्तानको गोप्य भ्रमण गरेर त्यँहाका राष्ट्रपति घानीसँग अमेरिकी सेना फिर्ता गर्ने र तालिबानसँगको शान्ति सम्झौता बारेमा छलफल गरेका थिए।

शान्ति सम्झौता गरेरपनि तालिबानले आतंकवादी हमला गर्न भने छाडेकोे छैैन। अफगानिस्तानका राष्ट्रपति घानीले तालिबानसँग सम्झौता गर्नु भनेको उनीहरुलाई सत्ता साझेदार बनाउनु नभएको बताएका छन्।

प्रकाशित मिति: : 2021-03-27 09:49:00

प्रतिकृया दिनुहोस्