'मोस्ट वान्टेड' सूचीमा रहेका जोशीविरुद्ध विशेष अदालतमा अभियोग-पत्र दायर

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : aa.com.tr
Photo : aa.com.tr

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अमेरिकाको 'मोस्ट वान्टेड' सूचीमा रहेका एक नेपालीविरुद्ध शुक्रबार विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ।

अमेरिकाबाट छलछाम (फ्रड) गरेर रकम नेपाल पठाउने पङ्कज जोशीले सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टि भएपछि विभागले दुई करोड आठ लाख ८३ हजार दुई सय ४२ रुपैयाँ ७३ पैसा बिगो र जरिवानासहित मुद्दा दायर गरेको हो।

संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले ३० अक्टुवर, २००९ मा संयुक्त राज्य अमेरिका, स्टेट अफ टेक्सस विरुद्ध निज जोशी भएको फ्रड सम्बन्धी मुद्दामा जोशीले अमेरिकास्थित जेपी मोर्गन चेज बैङ्कबाट नेपाल मा रहेको बैङ्क अफ काठमाडौँमा ट्रान्सफर गरी पठाएको भन्दै आवश्यक सहयोगका लागि पत्र पठाएको थियो।

उक्त सूचना पछि दुई लाख ९० हजार डलर नेपाल पठाएका जोशीको विषयमा विभागले अनुसन्धान सुरु गरेको थियो। अमेरिका मा ग्यास स्टेसन मा काम गर्दा धेरै रकम चिठ्ठा परेको मा ग्राहक लाइ झुक्काएर थोरै रकम दिएर जोशीले ठगी गरेका थिए। इन्टरपोल को रेड कर्नर सुचिमा रहेका जोशी हाल फरार छन्।

नेपाल प्रहरी का अनुसार उनी भारत मा लुकी छिपी बसेको हुन सक्ने अनुमान गरिएको छ।

No description available.

प्रकाशित मिति: : 2021-03-27 07:04:00

प्रतिकृया दिनुहोस्