अमेरिकी प्रशासनद्वारा प्यालेस्टाइनसँग सञ्चार सम्पर्क पुनः स्थापना

बिएल संवाददाता

संयुक्त राष्ट्रसङ्घ
NMB News
NMB News

संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइनसँग कूटनीतिक सञ्चार सम्पर्क पुनः स्थापना गर्न लागेको जनाएको छ। 

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीसँगको सञ्चार सम्पर्क विच्छेद गरेका थिए। 

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद बैठकमा भिडियो कन्फरेन्सबाट सम्बोधन गर्दै अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले प्यालेस्टाइनसँग अमेरिकाले चाँडै कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न लागेको बिहीबार जानकारी गराएकी छिन्।

उनले जनवरी यतादेखि बाइडेन प्रशासनले दुबै पक्षसँग परामर्श गरी प्यालेस्टाइनमा शान्ति स्थापना गर्न चाहेको जानकारी गराएका थिए। राजदूत ग्रिनफिल्डले भनिन्, ‘बाइडेन प्रशासनले अमेरिकी पूर्व प्रशासनले प्यालेस्टाइनसँग अबरुद्ध गरेको कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न पहल थालिसकेको छ। कूटनीतिक सम्बन्ध स्थापनाको हाम्रो लक्ष एकै छः इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि मद्दत गर्नु।’

राजदूत ग्रिनफिल्डले अमेरिकाले इजरायललाई निरन्तर सहयोग गर्ने बताउँदै इजरायल र प्यालेस्टाइन दुबै पक्षले दुई– राज्य समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरिन्।

उनले इजरायलको भविष्यका लागि यो नै सबैभन्दा राम्रो दृष्टिकोण रहेको अमेरिकी सोचाई रहेको बताइन्।

राजदूत ग्रिनफिल्डले बाइडेन प्रशासनले प्यालेस्टिनी जनताको विकास र मानवीय सहायताका लागि मद्दत गर्न अमेरिकी सहायता कार्यक्रम पुनः आरम्भ गर्न लागेको पनि बताइन्। 
 

प्रकाशित मिति: : 2021-03-26 16:36:00

प्रतिकृया दिनुहोस्