चीनबाट फर्केका एमबीबीएसका विद्यार्थी अलपत्र : काउन्सिल र आयोग के भन्छन् ?

बाह्रखरी

काठमाडौँ

धनुुषाका सुनील साह सानैदेखि पढाइमा अब्बल थिए। डाक्टर बन्ने सपना पलायो। डाक्टर पढ्न धरानमा परीक्षा दिँदा साहले आंशिक छात्रवृत्ति पाए । तर, त्यतिले उनको सपनाको उडान भर्न पुग्दैनथ्यो।

उनी सन् २०१४ मा पढ्नको लागि चीन गए। सबै कुरा ठिक थियो। पढाइमा तेज उनी त्यहाँ पढाइ सकेर घर आउने तरखरमा थिए। तर, कोभिड–१९ को महामारी सुरु भयो। महामारीका कारण चीनमा बस्न डर भयो।

उनी अरु साथीसँगै घर फर्के। घर फर्कँदा भविष्य नै अन्योलमा पर्ला भन्ने सोचेकासम्म थिएनन्। अहिले चीनले विद्यार्थी भिसा रद्द गरिदिएको छ भने इन्टर्नसिप अनलाइनमा मात्र गर्न दिएको छ। साहको नौ महिना इन्टर्नसिप बाँकी छ।

साह र उनीसँगै बिचल्लीमा परेका साथीहरु गएको आइतबारदेखि दिनहुँ नेपाल मेडिकल काउन्सिल (एनएमसी)अगाडि प्लेकार्ड बोकेर धर्ना दिइरहेका छन्। उनीहरुको एउटै माग छ, “नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउनुुपर्यो। निःशुल्क दूरदराजमा गएर दोब्बर समय नै काम गर्न तयार छौँ।”

प्रकाशित मिति: : 2021-03-26 08:39:00

प्रतिकृया दिनुहोस्