फेसबुकद्वारा चीनियाँ ह्याकरहरुको अकाउन्ट ब्लक

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Xconomy.com
Photo : Xconomy.com

इन्टरनेट मिडिया कम्पनी फेसबुकले प्रजातन्त्रको पक्षमा आवाज उठाउने मानव अधिकारकर्मी,, पत्रकार र बौद्धिक व्यक्तिहरुको प्रोफाइल र पेज ह्याक गर्ने चीनका ह्याकरहरुको अकाउन्ट ब्लक गरिदिएको छ।

साथै फेसबुकले मालबेयर (भाइरस) पठाउनेहरुलाई पनि आफ्नो प्लेटफर्म प्रयोग गर्न नदिने भएको छ। 

एक अध्ययनबाट हाल प्रचलित मालबेयरहरु मध्ये ९० प्रतिशत चीनियाँ कम्पनी बेजिङ्ग वेस्ट युनाइटेड टेक्नोलोजी कम्पनी लिमिटेड र डालियान टेक्नोलोजी कम्पनी लिमिटेडले विकास गरेको एण्ड्रोइड टुलको माध्यमबाट प्रवाहित हुने गरेको पाईएको छ।  

फेसबुकका सुरक्षा नीति प्रमुख नथानील ग्रेलशियरका अनुसार ह्याकरहरुले टर्की, अमेरिका, सिरिया, अष्ट्रेलिया र क्यानडामा रहेका मानवअधिकाकर्मी र पत्रकारहरुको अकाउन्टमा पसेर महत्वपूर्ण डाटामा क्षति पुर्याउने प्रयास गरेका थिए। 

प्रकाशित मिति: : 2021-03-25 21:08:00

प्रतिकृया दिनुहोस्