निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको फेसबुक एकाउन्ट ह्याक भएको छ। कलाकार दीपकराज गिरीले सामाजिक संजालमा एक स्टाटस लेख्दैदीपाश्रीको फेसबुक ह्याक भएको बताएका हुन्।
दीपकले सबैलाई सजक गराउँदै लेखेका छन, ‘दीपाजीको फेसबुक ह्याक भएको छ। सरोज दाईको पनि फेसबुक ह्याक भएको छ। ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ। अन्ततः सजग हुनुहोला।'
दीपाश्रीले पनि साइबर व्यूरो जान लागेको जानकारी दिँदै भनेकी छन्, ‘मेरो अकाउन्टबाट भान्जा सुमन गिरीलाई मेरो भाइ बिरामी भयो, एक लाख रुपैयाँ दिनु न भनेर म्यासेज पठाइएको रहेछ। बुझ्दै जाँदा त्यो एकाउन्ट अर्काको रहेछ।’