यसरी उपयोगी बन्न सक्छ 'भ्याक्सिनेसन कार्ड'

बिएल संवाददाता

वासिङ्टन डीसी

यदी तपाईं अमेरिकामा बस्नुहुन्छ र कोभिड- १९ को भ्याक्सिन लगाइसक्नु भएको छ भने 'भ्याक्सिनेसन कार्ड'लाई सुरक्षित राख्नुहोला। भविष्यमा उक्त कार्ड उपयोगी बन्न सक्छ। 

मासाचुसेटस्थित बोस्टन बाल अस्पतालका सिनियर इपिडियोमोलोजिस्ट जोन ब्राउनस्टोनले उक्त कार्ड कोभिडविरुद्द सुरक्षाको प्रमाण भएको बताएका छन्।

एबिसी टेलिभिजनसँग कुराकानीमा उनले कोभिडको प्रतिरोधात्मक क्षमताको विकास  हाम्रो दैनिक जीवनको क्रियाकलापमा भरपर्ने बताए। उनले थप्दै भनेका छन्, 'खोपको अध्ययन अझै जारी छ। बुस्टर डोजको समय आएमा त्यसलाई अगाडी बढाउन त्यो कार्डले सहयोग गर्नेछ।'  

यसको साथै उक्त कार्ड नभएमा स्कूल, मनोरन्जन स्थल वा यात्रा गर्न पुनःपरीक्षण गर्नुपर्ने उनको भनाई छ। 

प्रकाशित मिति: : 2021-03-25 06:33:00

प्रतिकृया दिनुहोस्