२१ दिनमा फेरिएको बोली– प्रधानमन्त्री बन्न देउवाले किन गरेनन् हिम्मत ?

लोकान्तर

काठमाडौँ
सुशील पन्त

सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको ८ दिनपछि फागुन १९ गते चितवनमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका थिए– काँधमा प्रधानमन्त्रीको जिम्मेवारी आए लिन तयार छु । 

‘कांग्रेसलाई पदको कुनै लोभ छैन, तर काँधमा जिम्मेवारी आयो भने भाग्नेवाला छैनौं, पूरा गरेरै छाडिन्छ’, देउवाले भनेका थिए । 

प्रतिनिधि सभा पुनःस्थापनासँगै देउवाबाट आएको सो अभिव्यक्तिपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने आंकलन शुरू भएको थियो ।

कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरालाई बल पुर्‍याउँदै २१ गते बसेको कांग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरूलाई प्रतिक्रिया दिएका थिए– प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याइरहेको छ । हामीले झ्यालबाट परिस्थिति नियालिरहेका छौं । 

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकतालाई भंग गरिदिएपछि फागुन २८ गते बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक थियो । अन्य विषयमा विवाद रहेपनि पदाधिकारी बैठकले सरकारको नेतृत्व लिएर अघि बढ्नुपर्ने साझा निष्कर्ष निकाल्यो । पदाधिकारी बैठकलगत्तै कांग्रेसले जसपाका नेताहरूसँग छलफल गर्‍यो । जसपासँगको छलफलमा कांग्रेस पदाधिकारी र प्रभावशाली नेताहरू सहभागी थिए । 

जसपासँगको भेटपछि कांग्रेस प्रवक्ता शर्माले भनेका थिए, ‘स्थिति परिपक्व हुँदैछ, केही दिन प्रतीक्षा गर्नुहोला ।’

प्रकाशित मिति: : 2021-03-24 21:48:00

प्रतिकृया दिनुहोस्