'सावरिया'बाट चर्चामा आएका रणबीर

Photo : Ranabir Instagram
Photo : Ranabir Instagram

लीला भन्सालीको 'सावरिया'बाट चलचित्रमा प्रवेश गरेका अभिनेता हुन्, रणबीर कपूर। 

'सावरिया' पहिलो चलचित्र भएपनि त्यसअघि उनले क्यामेराको पछाडि अन्य कामहरु गरिसकेका थिए। हाल उनी बलिउडको सफल अभिनेतामा पर्छन्। तर आजको स्थानसम्म आईपुग्न उनले मेहनतपनि उत्तिकै गरेका छन्। 

सहायक निर्देशकबाट बलिउडमा प्रवेशः 
निर्देशक संजय लीला भन्सालीको चलचित्रमा 'कालो'मा उनले सहायक निर्देशक बनेर काम गरेका थिए। त्यही चलचित्रको सम्बन्धबाट भन्सालीले रणबरिलाई  'सावरिया'को लागि सम्झौता गरेका थिए। 

चलचित्रभन्दा उनको चर्चा धेरै:
यस चलचित्रबाट अभिनेत्री सोनम कपूरलेपनि बलिउड डेब्यु गरेकी थिइन। 'सावरिया' बक्स अफिसमा फ्लप भएको थियो। तर चलचित्रमा उनको भुमिका र अभिनयलाई भने दर्शकहरुले खुब मन पराए। यहीँ चलचित्रबाट कमाएको पैसाले उनले पहिलो पटक राम्रो घडी किन्ने मौकापनि पाएका थिए।  उनले यहीँ चलचित्रबाट आम्दानी गरेको पैसाले २ लाख बराबरको घडी किनेका थिए। 

अलियासँगको प्रेम सम्बन्ध:
पछिल्लो समय रणबीर र अभिनेत्री आलिया भट्टको प्रेम सम्बन्धबारे खुबै चर्चा चल्छ। भारतिय सञ्चारमाध्यमहरुले झन उनीहरुको प्रेम सम्बन्धको विषयलाई चर्चाको शिखरमा पुर्याएका छन्। रणबीर र आलियाले पनि खुलेरै प्रेम सम्बन्ध स्वीकार गरिसकेका छन्। 

अब उक्त जोडी नयाँ चलचित्र  'ब्रह्मपुत्र'मा देखिदैँछन्। अयान मुखर्जीको निर्माण रहने उक्त चलचित्रमा अमिताभ बच्चन, मौनी रोय र नागार्जुनको पनि मुख्य भुमिका रहने बताईएको छ। 

प्रकाशित मिति: : 2021-03-24 16:47:00

प्रतिकृया दिनुहोस्