म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा २६० प्रदर्शनकारीको मृत्यु

aa.com.tr

म्यान्मार सैन्य ‘कू’को विरोधमा उत्रेका प्रदर्शनकारीको सरकारद्वारा हत्या गर्ने क्रम रोकिएको छैन। सैन्य शासन ‘जुन्ता’को चरम दमन हुँदाहुँदै हजारौं–हजार स्वतन्त्र बर्मेली शान्तिपूर्ण सडक आन्दोलनमा केन्द्रीत छन्। 

सुरक्षा फौजको गोली लागेर ‘कू' भएयता मंगलबार साँझसम्म २ सय ६० प्रदर्शनकारीले ज्यान गुमाएका छन्। कतिपय घरमै बसिरहेका नागरिकमाथि सुरक्षकर्मीले अन्धाधुन्ध गोली चलाएर हत्या गरेको ऐरावतीले जनाएको छ। 

सैन्य शासनले गोली चलाउदा सात वर्षीया बालिका खिन मिओ चीतले ज्यान गुमाएकी छन्। घरमा बसिरहेकी ती बालिकालाई सुरक्षा फौजले गोली हानी हत्या गरेको प्रत्यक्षदर्शीले दाबी गरेका छन्। सेनाकाे गाेलीले मारिने उनी 'कू'विरुद्ध जारी आन्दोलनको सबैभन्दा कम उमेरकी बालिका हुन्।

सैन्य दमनको विरोध गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन्। उनीहरू प्रजातन्त्र पुनःस्थापनासँगै प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलगायतको रिहाई माग गरिरहेका छन्।



म्यान्मारमा जारी सैन्य ‘कू’ बारे ‘बिएल भिडियो ब्रिफिङ’





ज्यान जोगाउन बंकर बनाउँदै बर्मेली…

म्यानमारको सैनिक शासनका सुरक्षाफौज र विद्रोही शक्तिको गोलावारीबाट जोगिन शरणार्थीहरुले टोल–टोलमा बंकर बनाउन थालेका छन्।

गत सातादेखि उनीहरुलाई शरणार्थी शिविरमा बस्न सजिलो छैन। म्यान्मारको 'सैन्य कू' पछि गाउँ–गाउँमा विद्रोही संगठनहरु सक्रिय हुन थालेका छन्।

राज्यविरुद्ध विद्रोह गरिरहेको कचिन स्वतन्त्र सेना (केआईए)ले सरकारी सुरक्षा फौज लक्ष्यित कारवाही सुरु गरेको छ।

गत मार्च–२१ मा कचिन प्रान्तस्थित विभिन्न स्थानमा भएको सरकारी सेना र विद्रोही सेनाबीचको मुठभेडले स्थानीय त्रसित छन्।

सरकारी सुरक्षा फौजको गोलाबारीले शरणार्थी शिविरनजिकै विस्फोट भएपछि थ्रुपै मानिस घाइते भएका छन्।

पछिल्लो समय कचिन प्रान्तमा जारी विद्रोह 'सैन्य कू' विरुद्ध भएको केआईएले बताएको छ। यसले बर्मेली जनतालाई कुनै नोक्सान नपुर्‍याउने दाबी छ।



बर्मेली भन्छन्, ‘बरू फाँसीमा चढ्छौं तर म्यान्मार फर्किँदैनौं’

आन्दोलनमा शहादत प्राप्त गरेकी १९ वर्षीया ‘एञ्जेल’को हृदयविदारक कथा

प्रकाशित मिति: : 2021-03-24 08:55:00

प्रतिकृया दिनुहोस्