ट्रम्पको आक्रोश- 'अमेरिकी राष्ट्रपति प्लेनको भर्याङमा लडेको घटना किन प्रचार-प्रसार गरिएन?' 

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी राष्ट्रपति जो बाइडेन प्लेन चढ्ने क्रममा भर्याङमा तिन पटक लडेको घटनालाई अमेरिकी सन्चारमाध्यमहरुले खासै प्रथमिकता नदिएकोमा पूर्वराष्ट्रपति डोनाल्ड ट्र्म्प आक्रोशित भएका छन्।

न्युज म्याक्ससँग कुराकानी गर्दै पूर्वराष्ट्रपति ट्र्म्पले भनेका छन्, 'यत्रो ठुलो घटनाको प्रचार प्रसार किन गरिएन? यो देशमा प्रेस स्वतन्त्रता छैन?'

यस विषयमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ट्र्म्पको उक्त अभिव्यक्तिले  राष्ट्रपतिको कार्यालय कब्जा गर्न खोजेको बताएकी छन्। 

कुनै समय ट्र्म्पको स्वास्थ ठिक छैन भन्ने राष्ट्रपति बाइडेन उक्त घटनापछि चर्चामा आएका छन्।  ७८ बर्षीय बाइडेनको स्वास्थ अवस्थाबारे भने कुनै आधिकारिक खबर आएको छैन। 

प्रकाशित मिति: : 2021-03-24 06:24:00

प्रतिकृया दिनुहोस्