छाला चम्किलो बनाउन फलफूल जरुरी !

Cupit Food- Wholesale food supplier
Cupit Food- Wholesale food supplier

फलफूलको सेवन स्वास्थ्यका लागि मात्र नभई छालाका लागि पनि धेरै लाभदायी मानिन्छ। फलहरू प्रशस्त मात्रामा एन्टिआक्सिडन्टहरूले भरिएका हुन्छन्, जसले सुन्निने समस्या (इन्फ्लामेसन) कम गर्न, सङ्क्रमण रोक्न र प्रतिरोध क्षमता बढाउन मद्दत गर्छन्।

एन्टिअक्सिडन्टले छालालाई युभी विकिरणविरुद्ध बचाउनसमेत मद्दत गर्ने अध्ययनले देखाएको छ। फलफूलमा भिटामिन र खनिजहरू प्रशस्त मात्रामा हुन्छ, जसले छालालाई फाइदा गर्छ।

छालाका लागि भिटमिन ए र भिटामिन सीले महत्त्वपूर्ण भुमिका निर्वाह गर्छन्। फलफूलको सेवनले उमेर बढेसँगै चाउरी पर्ने समस्यालाई पनि केहि हदसम्म नियन्त्रण गर्न सक्छ। छालालाई सुन्दर र चम्किलो बनाइ राख्न स्याउ, अनार, चेरी, सुन्तला, आँप, मेवा, स्ट्रबेरी, केरालगायतका फलफूल लाभकारी मानिन्छन्।

यी फलको सेवनले छालाको मृत कोशिका हटाएर छालाको रङलाई गोरो बनाउने गर्छ। साथै, यी फलले छालालई नरम बनाई प्राकृतिक चमक प्रदान गर्ने गर्छ। त्यसैले प्रयाप्त मात्रामा फलको सेवन गर्नु राम्रो हुन्छ। 

प्रकाशित मिति: : 2021-03-23 22:01:00

प्रतिकृया दिनुहोस्