अनलाइन वार्ताको लागि रुसका राष्ट्रपति भ्ल्यादिमिर पुटिनले दिएको निमन्त्रणालाई अमेरिकाले अस्वीकार गरेको छ।
रुसको प्रस्तावलाई अमेरिकाले अस्विकार गरेपछि रुसको विदेश मन्त्रालयले खेद प्रकट गरेको छ। रुसी राष्ट्रपति पुटिनले आफ्ना अमेरिकी समकक्षि जो बाइडेनलाई द्विपक्षीय सम्बन्ध र रणनीतिक स्थिरतासँग समस्याको समाधान बारेमा छलफल गर्न गत विहिबार अनलाइन बैठकको प्रस्ताब गरेका थिए।
तर रुसको विदेश मन्त्रालयले अमेरिकाले दुई देशबीच रहेको तनाब हटाउने एउटा सुवर्ण अवसर गुमाएको जनाएको छ। साथै मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यसको जिम्मेवार अमेरिका भएको पनि बताइएको छ।