सिन्धु नदी सम्झौताः भारत–पाकिस्तान सम्बन्धको महत्वपूर्ण कडी

भारत र पाकिस्तान मंगबारदेखि दिल्लीमा आयोजित सिन्धु नदीको पानी बाँड्ने सवालमा बैठक गरिरहेका छन्। प्रत्यक वर्ष आयोजना हुने बैठक यसपल्ट भने दुई वर्षपछि भइरहेको छ।

दिल्लीमा जारी बैठकले पानी बाँडफाँडसँगै भारत–पाकिस्तानबीचमा अन्य विषयमा पनि संवाद हुने बताइएको छ।

भारतले लद्दाखमा थ्रुपै जलविद्युत् परियोजनाहरूलाई अनुमाेदन गरेपनि, पाकिस्तानले आपत्ति जनाएको छ। दिल्लीमा भइरहेकाे बैठक यस्तै–यस्तै विषयमा केन्द्रीत हुने बताइएको छ।

पाकिस्तानी अधिकारीहरूको प्रतिनिधिमण्डल स्थायी सिन्धु आयोगको ११६औँ दुईदिने बैठकमा भाग लिन दिल्ली आएको बीबीसीले जनाएको छ। विगत केही वर्षदेखि भारत–पाकबीच विवाद उत्पन्नका बेला सिन्धु जल सम्झौता भंग गर्ने चर्चा समेत भएपनि सम्भव देखिएन।

सिन्धु जल सन्धिलाई दुई देशीय पानी विवादमा एक सफल अन्तर्राष्ट्रिय उदाहरण समेत मानिने गरेको छ। झण्डै ६० वर्ष पहिले भारत र पाकिस्तानले यो सम्झौतामा हस्ताक्षर गरेका थिए।

दुई देशका असहमति, अनेक युद्धका बावजुद पनि सिन्धु सन्धि भने कायमै रहेको छ। कारगिल युद्धका समयमा खारेजीको माग उठेपनि सन्धि प्रभावित भएन।

उरी कट्टरपन्थी हमला रपुलवाको आक्रमणपछि सिन्धु सन्धि रद्दको आवाज उठ्ने भारतले अनुमान गरेपनि त्यसो भएन। सिन्धु बेसिन ट्रीटीमा सन् १९९३ देखि २०११ सम्म पाकिस्तानका आयुक्त भइसकेका जमात अली शाहका अनुसार, यो सम्झौता एकतर्फी रुपमा कुनैपनि पक्षले रद्द वा बदल्न सक्दैनन्।

भारत र पाकिस्तान सहमति भएर मात्रै सन्धिमा नयाँ सम्झौता गर्न सक्नेछन्। सन् १९६० भारत र पाकिस्तानबीच सिन्धु सन्धि भएको थियो।

 

प्रकाशित मिति: : 2021-03-23 14:17:00

प्रतिकृया दिनुहोस्