म्यान्मारमा पक्राउ परेका बीबीसी पत्रकार रिहा

Photo - BBC
Photo - BBC

म्यान्मारमा पक्राउ परेका बीबीसीका पत्रकार आङ थुरा रिहा भएका छन्।

गत शुक्रवार राजधानीस्थित एउटा अदालतबाहिर समाचार सङ्कलन गरिरहँदा सादा पोसाकमा आएका व्यक्तिले थुरालाई नियन्त्रणमा लिएका थिए। उनी साेमबार चौथो दिन रिहा भएकाे बीबीसीले जनाएकाे छ।

गत माघ १९ मा सैनिक कू भएपछि म्यान्मारमा ४० पत्रकार पक्राउ परिसकेका छन्।

सेनाले पाँच सञ्चारमाध्यमको अनुमति पनि खारेज गरेको छ। थुरा गत शुक्रवार मिजिमा नामक सञ्चारमाध्यममा कार्यरत पत्रकार थान टिक आङसँगै पक्राउ परेका थिए।

म्यान्मार सैन्य ‘कू’को विरोधमा उत्रेका प्रदर्शनकारीको सरकारद्वारा हत्या गर्ने क्रम रोकिएको छैन। सैन्य शासन ‘जुन्ता’को चरम दमन हुँदाहुँदै हजारौं–हजार स्वतन्त्र बर्मेली शान्तिपूर्ण सडक आन्दोलनमा केन्द्रीत छन्। 

सुरक्षा फौजको गोली लागेर ‘कू' भएयता सोमबार साँझसम्म २ सय ५४ प्रदर्शनकारीले ज्यान गुमाएका छन्। कतिपय घरमै बसिरहेका नागरिकमाथि सुरक्षकर्मीले अन्धाधुन्ध गोली चलाएर हत्या गरेको म्यान्मार नाउले जनाएको छ। 



म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा २५४ प्रदर्शनकारीको मृत्यु

प्रकाशित मिति: : 2021-03-23 08:37:00

प्रतिकृया दिनुहोस्