सरकार गठनमा देउवाको बुझाइ : बहुमत पुग्नै कठिन, पुगे टिक्न झन् कठिन

अनलाइनखबर

काठमाडौँ

कमलदेव भट्टराई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि नयाँ सरकार गठनको पहल लिन पार्टीभित्र र बाहिरबाट दबाब छ ।

तर, जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद र नेकपा (माओवादी केन्द्र) को अलमलका कारण आफ्नो नेतृत्वमा सरकार निर्माण हुने ठोस आधार अझै निर्माण नभएको भन्दै देउवा अगाडि सरेका छैनन् ।

नेताहरूका अनुसार आफैंले पहल गरेर अगाडि बढिसकेपछि कुनै अवरोध नआओस् भनेर देउवा आश्वस्त हुन चाहिरहेका छन् । सोमबार बसेको पार्टी पदाधिकारीको बैठकले पनि सरकार बनाउन पहल गर्ने विषयमा कुनै ठोस निर्णय गरेन ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको नेतृत्वमा सरकार गठन गर्नका लागि परिपक्व अवस्था नआइसकेको बताए ।

लेखकले भने, ‘परिआयो भने नेपाली कांग्रेस वैकल्पिक सरकार दिन तयार छ तर अहिले स्थिति परिपक्व भइसकेको छैन । कांग्रेसले परिपक्व निर्णय लिनुपर्छ ।’

प्रकाशित मिति: : 2021-03-22 21:34:00

प्रतिकृया दिनुहोस्