पुरुषहरू घरवरपरका घोचा, महिलाहरू मूलढोका अगेना

शिलापत्र

काठमाडौं

समानतामा आधारित जीवनदर्शन र स्वतन्त्र एवं स्वायत्त जीवनशैली, पृथक् परम्परा, मान्यता र तिनको निर्वाध अभ्यास आदिवासी जनजातिका मौलिक पहिचान हुन्।

उनीहरूको जीवनदर्शनमा महिला-पुरुष, सानो-ठूलो, बच्चा-बुढाबुढी, धनी-गरिब, आफ्नो-पराई, नजिकको-टाढाको भन्ने विभेद छैन।

उनीहरूले आफ्नो जीवनचर्यालाई प्रकृतिअनुकूल बनाएर सरल ढंगले चलाउने र प्राकृतिक नियम र स्रोतहरूसँग अनुकूलन हुँदै आए।

आधुनिक राज्यको स्थापना र विस्तारसँगै आदिवासी जनजातिहरू उपनिवेशवादको चपेटामा परे।

प्राविधिक र आधुनिक जीवनशैलीको प्रत्यक्ष चेपुवामा परे। त्यसबारेमा अस्तित्व र पहिचानको कोणबाट, भाषा-संस्कार-संस्कृतिको कोणबाट, राजनीतिक कोणबाट, पर्यावरणीय कोणबाट, आर्थिक कोणबाट चिन्तन मनन र विश्लेषण गर्ने काम धेरथोर भइरहेका छन्।

प्रकाशित मिति: : 2021-03-22 17:02:00

प्रतिकृया दिनुहोस्