स्थानीय तह गोल्डकपको पुरस्कार रकम वृद्धि

वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरकारको राशि वृद्धि गर्न हेटौँडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ।

स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार १० लाखबाट बढाएर १५ लाख पु¥याउन र दोस्रो पुरस्कार पाँच लाखबाट १० लाख पु¥याउन उपमहानगरपालिकाले सहयोग गर्ने  उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए। हेटौँडामा पनि ठूला पुरस्कार राशिका खेल खेलाउन सहयोग गर्ने उद्देश्यले यो योजना अघि बढाइएको हो।

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुक्रबारदेखि दमौली– राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित तनहुँको शुक्लागण्डकीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित शुक्लागण्डकी नगरपालिकाले मेयर कप गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो।

शुक्लागण्डकी नगरपालिका-८ गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा चैत १३ गतेदेखि १५ गतेसम्म खेल सञ्चालन हुनेछ। शुक्लागण्डकी नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ।

प्रतियोगिताका संयोजक एवं वडाध्यक्ष दीर्घबहादुर थापाले प्रतियोगितामा सहभागिताका लागि प्रदेशका ८५ वटै पालिकालाई आमन्त्रण गरिएको जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न करिब रु २५ लाख खर्च हुने अनुमान गरिएको छ। रासस

प्रकाशित मिति: : 2021-03-22 15:32:00

प्रतिकृया दिनुहोस्